काठमाडौ । मनु लिम्बू नेपाली साँगीतिक क्षेत्रमा संघर्षरत नाम हो । पहिलो एल्बम ‘मन्द मन्द’ बजारमा ल्याएर परिचित बनेकी मनु वाल्यकालमा निक्कै राम्रो नृत्य गर्थिन । उनलाई सबैले नृत्यमै भबिष्य बनाउछन् भन्ने धेरै थिए । स्कुल तथा गाउँमा हुने प्रतियागिता कार्यक्रममा नृत्य मार्फत उनले सबैको मन जित्थिन् । पुरस्कार पनि पाउँथिन् । तर उनी पछि उनले अझ राम्रो लक्षण देखाईन्, गायनमा । सो अनुरुप उनी लामो समयसम्म संगीत साधनामा लागेर पहिलो एल्बम निकाल्न सफल भईन् ।
गायनबाट परिचित उनी गायनको शिलशिलमा देशविदेश पनि पुगिन् । गायिकाको रुपमा रुपमा आफुलाई स्थापित गर्ने यात्रा जारी छ ,उनको । पहिलो एल्बमबाट आम्दानी भन्दा पनि नेपाली गीतसंगीत क्षेत्रमा भोग्नुपर्ने संघर्षबारे अवगत भईन मनु । नेपाली गीतसंगीतलाई बुझ्ने मौका पाए,मनु भन्छिन् । ‘मन्द मन्द’ , ‘गुनासो रह्यो’, र ‘छनछन चुरा बज्यो’, स्रोताहरुले रुचाएको गीत हो उनको ।
गायन क्षेत्रमा सोचे भन्दा राम्रो सफलता पाइरहेको उनको बुझाई छ ।
पेशाले ब्युटिसियन पनि रहेकी मनु समाजसेवामा पनि रुचि राख्छिन् । वालवालिकाका तथा जेष्ठ बुवा आमाहरुको सेवा गर्न उनलाई औधी मन पर्छ । गायन क्षेत्रबाट कमाएको केहि रकम उनी वालवालिकाहरुलाई सहयोग गर्दै आएकी छिन् ।

भबिष्यमा पनि संस्थामा मार्फत वालवालिका र असाहयहरुको सेवा गर्ने मनुको सोच छ । जसको लागि उनी लागिरहेकी छिन् । नृत्यमा राम्रो थियो किन गायनमा भन्ने प्रश्नमा भन्छिन्, सानोमा राम्रो नाच्थे पनि यद्यपि, गायन र नृत्य मध्ये एउटा च्वाइज गर्दा गीत संगीतलाई अंगाले ।
तर मोडलिग मार्फत आफ्नो नृत्यकला पनि देखाईरहेको छु ।
http://www.omkartimes.com/2762?fbclid=IwAR3R_pW5LXKhtNBcXxjwWHtNYKby32041KECNvMV-PWeWbDWW42tl89nBkY