काठमाडौ — गायनमा स्थान बनाउँदै गरेकी मनु लिम्बूले ‘मन्द मन्द’ एल्बम बजारमा ल्याएकी छन् ।
सात गीत समावेश गरिएको उक्त एल्बममा गायिका लिम्बूले एक गीतमा तारालक्सम लिम्बू र अर्कोमा बाबु बोगटीसँग मिलेर गाएकी छन् । आफ्नै रचना/संगीत रहेको एक गीतलाई पनि उनले एल्बममा स्थान दिएकी छन् । ‘मन्द मन्द…,’ ‘आइदियौ…,’ ‘गुनासो रह्यो…,’ ‘छनछन चुरा बज्यो…,’ ‘च्यात्यौ तिमीले…,’ ‘तिम्रो मुस्कानमा…’ र ‘आऊ आऊ…’ गीतहरू रहेको एल्बममा बाबु बोगटी र डम्बर नेपालीले नै एक-एक गीत रचना र संगीत भरेका छन् भने कमल खत्रीका दुई गीत/संगीत रहेका छन् । त्यसबाहेक प्रतिमा श्रेष्ठ, ललिता कुँवरका गीतमा रत्नबहादुर खड्गीको संगीत सुन्न सकिन्छ । एल्बमलाई लाइफटाइम क्रिएसनले यसै साता बजारमा ल्याएको हो ।
प्रकाशित : माघ २२, २०६९ ०९:२४
https://www.kantipurdaily.com/printedition/2013/02/03/289118.html?fbclid=IwAR2_teagQjF9hodrN80v4Kq0lqIGvDGQGZXtgrXaYVlXzmZN4ycZByXlTU0