काठमाडौं । गायिका मनु लिम्बू र गायक बाबु बोगटीको स्वरमा सजिएको गीत ‘आई दियौं मेरो मन मुटुमा’को भिडियो सार्वजनिक भएको छ । गायिका मनुकै शब्द संगीत रहेको गीतको भिडियोमा मनु र बिनेश भण्डारीले आकर्षक अभिनय गरेका छन् ।

शैलेन्द्र खोकलीले निर्देशन तथा भिडियोको छाँयाङ्कन र इडिट पनि गरेका हुन् । प्रेमिल जोडिको मायाको भाव भिडियोमा देखाइएको छ । भिडियो र गीत दुवै एकदमै राम्रो भएकोले मनुले यस गीतबाट अझै सफलता मिल्ने अपेक्षा राखेकी छिन् ।